अर्थतन्त्र

डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ ।
अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।
भारतबाट पेट्रोल र एलपी ग्यासमा भाउ बढेर आए पनि नेपालमा भने उपभोक्ताको हितलाई ध्यानमा राखेर नबढाइएको निगमको दाबी छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page