समाचार

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु

जाजरकोट । मध्यरातमा गएको भूकम्पमा परि जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।

नगर उपप्रमुख सरिता सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् । भूकम्पमा परि जाजरकोट र रुकुममा गरि हालसम्म ५० जना बढीले ज्यान गुमाइसकेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page