कोशी प्रदेश समाचार

बिना ईजाजत नियन्त्रित औषधी ओसार पसार मुद्दाका फरार प्रतिबादी पक्राउ

बिराटनगर, १९ कार्तिक । बिना ईजाजत नियन्त्रित औषधी ओसार पसार मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले फरार प्रतिबादी सुनसरीको धरान उपमहानगरपालिका १४ का २४ वर्षीय पारुहाङ राईलाई पक्राउ गरेको हो ।
बिना ईजाजत नियन्त्रित औषधी ओसार पसार मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९/११/१५ गतेको सजाय निर्धारण फैसला आदेशले २८ दिन कैद र ५ हजार रुपैया जरिवान भई फरार रहेका राईलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा शनिबार दिउँसो फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page