समाचार

शिक्षाको गुणस्तर परिवर्तनमा स्थानीय निकायको दायित्व प्रमुख हुने : पूर्व मन्त्री लेखी

कञ्चनरुप । सप्तरीको सप्तकोशी नगरपालिका १० स्थित जनता माध्यमिक विद्यालय भगनिको सभाहलमा शनिबार बडा दशैं तथा दिपावलीको अवसरमा शिक्षाको क्षेत्रको वर्तमान अवस्था विषयक सम्वाद कार्यक्रम आयोजना गरिएको थियो ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मधेश प्रदेश सभा सदस्य पूर्व मन्त्री राजकुमार लेखीको आर्थिक सहयोगमा शिक्षा क्षेत्रको वर्तमान अवस्था र त्यसको समस्या तथा समाधानको विषयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मधेस प्रदेशका सासद लेखीले शिक्षाको गुणस्तर परिवर्तनमा स्थानीय निकायको दायित्व प्रमुख हुने बताउनुका साँथै राष्ट्र विकासको जग नै शिक्षा क्षेत्र रहेकाले जगलाई बलियो पार्नु पर्नेमा सहभागी सबैलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथी सप्तकोसी नगरपालिकाका मेयर कृष्ण प्रसाद ढकालले शिक्षा परिवर्तन सँगसगै ब्यक्ती आफू पनि परिवर्तन हुनु पर्ने बताउनुभयो । नगर प्रमुख ढकालले कार्यक्रममा बोल्दै नगर भित्रमा संचालित निजि होस वा सामुदायिक कुनै विद्यालय समस्या रहे शिक्षा शाखा होस वा शिक्षा समिति सँग सहजीकरण गरि शिक्षण सिकाइ को उच्चतम तह प्रदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालय किर्तिपुरका उप प्राध्यापक डाक्टर दिपक गुप्ताले प्रशिक्षण गर्नुभएको थियो । गुप्ताले शैक्षिक गतिविधिको कार्य पत्र प्रस्तुत गर्दै मधेस प्रदेस शैक्षिक सुधारको दृष्टिकोणमा अन्य प्रदेस भन्दा पछाडी रहेको बताउनु भयो । उहाँले सप्तरी जिल्लाको हकमा राजविराज नगरपालिका साक्षरता दरमा पहिलो र सप्तकोसी नगरपालिका दोस्रो रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा शिक्षा पेशामा आबद्ध सम्पूण शिक्षक तथा सम्बन्धित ब्यक्तित्वहरुले शिक्षा सम्बन्धि विचार तथा सल्लाह सुझाव दिनुभएको थियो ।
कार्यक्रममा हनुमाननगर नगरपालिका ,अग्निसाइर कृष्णसवरण गाउँपालिका ,कञ्चनरुप र सप्तकोसी नगरपलिका गरि चार ओटा पालिकाका शिक्षक, ब्यबस्थापन समितीका पदाधिकारी ,विद्यार्थी ,अभिभावक,विद्यार्थी लगायत बुद्धिजिबिको सहभागिता रहेको थियो।
वडा नम्बर ५ का वडा अध्यक्ष गोसाइ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक अमर साहले प्रस्तुत गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page