मनोरन्जन विज्ञान प्रविधि

नेपालमा आजैदेखि टिकटक बन्द हुने

काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटक ब्याण्ड गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमा सामाजिक सद्भाव भड्किने खाल्का गतिविधि भएकाले भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक आजैदेखि बन्द हुने बताउनुभयो ।
टिकटक बन्द गराउन प्राविधिक कामका लागि अझै एक डेढ घण्टा लाग्ने र त्यसपछि बन्द हुने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने ढंगले टिकटिक बनाउन थालेपछि सरकार प्रतिबन्ध लगाउने निर्णयमा पुगेको बताइएको छ । यसअघि भारत, अफगानिस्तान, ताइवान, अष्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, नेदरल्यान्ड्सलगायत मुलुकले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page