मनोरन्जन संगीत समाचार

विनोद राई बने द भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् ।  
शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन  । बिजेता राई कोच मिलन नेवार समूहका हुन । 
मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।
उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।
फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page