समाचार

पत्रकार शुभचन्द्र झाको ५५ वर्षको उमेरमा निधन

राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व कोषाध्यक्ष शुभचन्द्र झाको निधन भएको छ ।
मैथिली साहित्य परिषद् राजविराजका पूर्व अध्यक्ष समेत रहेका उनको बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
केही दिनयता बिरामी रहेका झा पिसाब सम्बन्धि समस्याबाट पीडित थिए । उनको उपचारको क्रममा अस्पतालमा निधन भएको उनका परिवारजनले बताएका छन् ।
राजविराजका ५५ वर्षीय झाको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ सप्तरीले महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि बिहिवार हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदी किनारमा अन्त्यष्टी गरिएको छ ।
स्वर्गीय झा मिथिला साप्ताहिक पत्रिकाको प्रकाशन संस्था मैथिली मिडिया प्रालीका अध्यक्ष पनि थिए । उनकै प्रकाशनमा मैथिली भाषाको सूर्यांश साप्ताहिक पत्रिका राजविराजबाट प्रकाशित भईरहेको छ ।
स्वर्गीय पत्रकार झाको पत्नी, एक छोरा र तीन छोरी रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page