कोशी प्रदेश समाचार

उदयपुरको आम बासीबाट ब्राउन सुगरसहित सप्तरीका महमद अफज पक्राउ

उदयपुर, १३ मंसिर । लागू औषध (ब्राउन सुगर) सहित सप्तरीका एक युवक पक्राउ परेका छन् ।
बेलका नगरपालिका १ आम बासीबाट लागूऔषध ब्राउनसुगरसहित सप्तरीको सप्तकोसी नगरपालिका १ का २७ वर्षीय सयद महमद अफजलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको प्रहरीको टोलीले बेलका १ को आम बासीबाट ३५ ग्राम ७ सय ६० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित अफजलाई पक्राउ गरेको हो।
पक्राउ परेका अफजलाईलाई मंगलबार जिल्ला अदालत उदयपुरबाट म्याद थपेर अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page