अर्थतन्त्र समाचार

पेट्राेल र डिजेलकाे मूल्य घट्याे, ग्यासकाे यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १ः०० देखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेलको भाउ घटाएको हो ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो १६० रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page