कोशी प्रदेश समाचार

काठको गोलियाले किचेर २४ वर्षीय चेम्जोङको मृत्यु

पाँचथर, १५ मंसिर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर २४ वर्षीय युवकको मृत्यु भएको छ ।

फाल्गुनन्द गाउँपालिका- ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर २४ वर्षीय युवकको मृत्यु भएको हो ।

 बिहिवार दिउँसो खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने क्रममा अचानक गोलियाले किचेर स्थानीय २४ वर्षीय विश्व राजा चेम्जोङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ  । 

घटना बारे खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिएको थियो । कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page