समाचार

सप्तरीमा एक वर्षको अवधिमा १६० वटा मानव अधिकार उल्लंघनको घटना

राजविराज, ४ पुष । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतिका घटनाहरूको बुधबार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
पुस्तक प्रकाशन पूर्व गरिएको समीक्षा गोष्ठिमा इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा १६० ओटा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएको जनाएको हो ।
इन्सेकको तथ्याङ्कमा यो अवधिमा एक सय ६० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।
यस्ता छन घटना विवरणहरू :
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सप्तरीमा २०२३ सम्म इन्सेकमा १६० घटना अभिलेख भएको छ । सन २०२२ मा ९०, सन २०२१ मा १०० र सन २०२० मा १३७ घटना अभिलेख भएको थियो ।
सन २०२३ मा १९ जनाको हत्याको अभिलेख छ । जसमा ७ महिला र २ बालक छन् । सबै घटना गैरराज्य पक्षबाट भएको हो । गत वर्ष १२ जनाको हत्या घटना अभिलेखित थियो । गैरराज्य पक्षबाट ६५, ६०, ६०, ५५, २६, ३५, २५, २०, २०, १८ वर्षीय १० पुरुषको हत्या घटना भएको छ । ती घटनामा छोरा, ससुराली घर बसेका ज्वाई, साथीसहित किटानी आरोपित १७ जना छन् । एक घटनाको मृतक र पहिचान खुलेको छैन् । आरोपितमा धरौटी २, थुनामा ७, पक्राउ पुर्जी ५, संरक्षक १, आंशिक सजाय पाउने १, फरार १ जना छन् । ती घटनामध्ये तिलाठी कोइलाडी–७ मन्सापुर बुढी इनारमा ०८० साउन १२ गते हत्या गरिएको अवस्थामा शव फेला परेको हनुमाननगर कंकालिनी –१० इनर्वाका १८ वर्षीय तिर्थनारायण मण्डलको घटनाको अनुसन्धान हुन सकेको छैन् । हनुमाननगर कंकालिनी –४ मधवापुरमा २०८० जेठ ८ गते २० वर्षीय अपरिचित एक युवकको घाँटी काटेर हत्या भएको घटनाको मृतक र आरोपितको पहिचान हुन सकेको छैन् । अन्य घटनाहरु हनुमाननगर कंकालिनी –७, बोदे बर्साइन –३ र ६, महादेवा–६, शम्भुनाथ–२, कञ्चनरुप–७ र १० तथा बलान बिहुल–२ मा भएको हो ।

यसैगरी यो अवधिमा ७ महिलाको समेत हत्या भएको छ । चारओटा घटनामा आरोपित पति, एउटामा लिभिंग टुगेदरमा बसेका प्रेमी र २ ओटामा घटनामा छिमेकी गरी १४ जना आरोपित छन् । बलात्कार गरेर हत्या गरेको आरोप लागेका प्रेमी राजविराज–६ का ४२ वर्षीय शंकर शर्मालाई भदौ १० गते जन्मकैदको सजाय भएको छ । उनीमाथि बलान विहुल–५ रामनगर घर भई राजविराज–४ बजरंग चौकमा डेरा बसेकी ४१ वर्षीया महिलाको २०८० वैशाख २४ गते हत्या गरेको आरोप छ । अन्य ३ घटनाका आरोपित ३ जना पति पुर्पक्षका लागि थुनामा छन् । ८० र ७० वर्षीया बृद्धाहरुको हत्या आरोप लागेका छिमेकी २ जना पुर्पक्षका लागि धरौटीमा छुटेका छन् भने २ जना फरार छन् । अन्य मृतक महिलाको उमेर २० देखि ३८ वर्ष रहेको छ । रुपनी–२ पिपराहीकी २० वर्षीया सुनिता कुमारी रायको २०८० असार १३ गते उनका पति, सासु, ससुरा र छिमेकी ३ जना मिलेर हत्या गरेको आरोप लागेको छ । जिप्रकामा असार १९ गते झुण्डी ज्यानसम्बन्धी मृत्युमा निवेदन दर्ता भएको छ । सुनिताको साढे ४ महिना अघि मात्र ०७९ माघ २३ गते विवाह भएको थियो ।
महिला हत्याको घटना राजविराज –४, सुरुङ्गा –७, शम्भुनाथ –५, महादेवा –२ छिन्नमस्ता –२ तथा रुपनी गाउँपालिकाको वडा नम्बर–२ र ३ मा भएको हो ।
यसैगरी १७ वर्षीय बालकको खडक–११ बनौलीस्थित रामप्रकाश यादवले सञ्चालन गर्दै आएको कृषि फर्मको पोखरीमा तथा १५ वर्षीया बालिकाको अपहरण पछि भारतको दिल्ली लाजपत नगरमा लगेर हत्या गरेको २ घटना पनि अभिलेखित गरिएको छ । खडक–११ बनौलीका १७ वर्षीय मो. अजिमुद्दिन २०८० भदौ २१ गतेदेखि बेपत्ता भएको उजुरी दिएपनि प्रहरीले खोजतलाश नगरेको गुनासो गर्न पत्रकार सम्मेलन राखेकै दिन असोज १३ गते अजिमुद्दिनको शव प्लाष्टिकको बोरामा हाली सिमेन्टको पोलमा बाँधी त्यसमाथी ट्याक्टरको फलामको रिमले थिचेर पोखरीमा लुकाएको अवस्थामा फेला प¥यो । उक्त घटनामा ४ जना आरोपित न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशबाट कात्तिक १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । चार जना फरार छन भने १४ वर्षीया बालिका संरक्षकको जिम्मामा छिन् ।
यो वर्ष आत्महत्या दुरुत्साहनका ५ घटनामा १८ देखि ३१ वर्षीया महिला पीडित भइन् । राजविराज–३, सुरुङ्गा–५ र १० तथा अग्नीसाइर कृष्णसवरण–४ र ५ मा उक्त घटना भयो । गत वर्ष आत्महत्या दुरुत्साहनका २ घटनामा १८ वर्षीया र २० वर्षीय युवा पीडित थिए । सन २०२१ मा दुरुत्साहनका ३ घटनामा २०, २४ र २८ वर्षीया ३ महिला पीडित थिइन् । अन्य वर्षको झै यो वर्ष पनि आरोपितहरूमा पति, ससुरा र प्रेमी गरी ७ जना रहेका छन् । जसमा आरोप लागेका २ जना पति पुर्पक्षका लागि थुनामा छन् । प्रेमी, ससुरा र पतिका प्रेमिका फरार छिन् । आरोपित १ जना पतिविरुद्धको अभियोग दावी नपुग्ने फैसला भएको छ भने ट्यूशन पढाउने अग्निसाइर कृष्णसवरन–४ टेङ्गग्रीका ३२ वर्षीय राधेश्याम मण्डललाई ०८० कात्तिक १६ गते २२ दिनको कैद सजाय भएको छ ।
बालिका बलात्कारको २१ घटनामा १४ देखि १८ वर्ष भित्रका छन् जसमा दुई जना अपाङ्गता र एक जना सुस्त मनोरोगी बालिका छिन् । गत वर्ष बलात्कारको १९ घटनामा ९ देखि १८ वर्ष भित्रका २१ जना बालिका पीडित भएकी थिइन् । त्यस अघि सन २०२१ मा बालिका बलात्कारको १६ घटनामा ५ र ६ देखि १८ वर्षभित्रका १७ जना पीडित भएकी थिइन् भने आरोपित १५ वर्षदेखि ७१ वर्षका २४ जना थिए । यस वर्ष कञ्चनरुप–२, ११ र १२, हकनपा–६, शम्भुनाथ–१ र ७, सप्तकोशी–६, सुरुङ्गा–७, डाक्नेश्वरी–१ र ३, बोदे बर्साइन–३ र ९ तथा खडक–२, ४, ७ र ८, अग्नीसाइर कृष्णसवरन–४, छिन्नमस्ता–३, महादेवा–१, रुपनी–२ र राजगढ–३ मा घटना भए । आरोपित १५ वर्षदेखि ५८ वर्षका ३१ जना छन् । जसमा पुर्पक्षका लागि थुनामा ११ जना, बालसुधार गृहमा २ जना, धरौटीमा १ जना र फरार १६ छन् । फैसला भएको एउटा मुद्दामा १६ वर्षीया बालिकासँग प्रेमविवाह गरेका सप्तकोशी–६ सहलेश टोलका १८ वर्ष १८ दिनका आरोपितलाई ०८० मङ्सिर ६ गते ३ वर्ष कैद सजाय भएको छ ।
बालिका यौन दुरुपयोगको २ घटनामा पीडित १४ र १५ वर्षीया छिन भने आरोपित २५ र ४२ वर्षका छन् । दुबै घटना सुरुङ्गा नगरपालिका ३ र ४ को हो । एउटा घटनामा आरोपित पुर्पक्षका लागि धरौटीमा छुटेका छन् भने अर्को घटनामा १ महिना ८ दिन कैद सजाय भएको छ । गत वर्ष बाल यौन दुरुपयोगको ६ घटनामा १३ देखि १७ वर्षका ७ बालिका पीडित भएकी थिइन् भने आरोपितमा १६, १७, २०, २१, २५, ३५ वर्ष उमेरका थिए । बालिका बलात्कार र यौन दुरुपयोगको अधिकांश घटना प्रेम र विहेको आश्वासन दिएर तथा प्रतिवाद गर्न नसक्ने बालापनको फाइदा उठाएर हुने गरेको देखिएको छ ।
महिला बलात्कारका १९ घटनामा १८ माथि ५५ वर्षसम्म पीडित छन् । गत वर्ष ७ घटनामा १८ माथि ४० वर्षसम्मका ७ पीडित थिइन् । गत वर्ष महिला बलात्कार घटनामा १९ देखि ४५ वर्ष उमेरका १० जना आरोपित थिए भने यो वर्ष १७ देखि ६० वर्षका २२ जना छन् । जसमा १४ जना फरार नै छन् । आरोपित २ जनाले सफाइ पाएका छन् । पुर्पक्षका लागि थुनामा ३ जना छन् । पुर्पक्षका लागि १ जना धरौटीमा रिहा भएका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा बस्दा बलात्कार भएको भनी प्रहरी अधिकृतसहित २ जना विरुद्ध परेको उजुरी प्रहरीले अनुसन्धान गरी भ्रमपूर्ण उजुरी भन्दै भदौ ३१ गते तामेलीमा राखेको छ । सप्तरीमा तामेलीमा रहेको मुद्दा यो मात्र छ । घटना कञ्चनरुप–२, ५ र १०, सप्तकोशी–१, शम्भुनाथ–७ र ७, बोदे बर्साइन–६, सुरुङ्गा–३ र ९, खडक–५, डाक्नेश्वरी–५, खडक–६ र १०, महादेवा–२, रुपनी–६, छिन्नमस्ता–३, बलान बिहुल–४ मा भएको हो ।
बलात्कार प्रयासमा ५ घटनामध्ये ३ घटनाको अभियोग दावी नपुग्ने फैसला भएको छ । २ ओटा घटनामा २ जना पुर्पक्षका लागि धरौटीमा रिहा भएका छन् । एउटा वैवाहिक बलात्कारको घटनामा ७५ हजार धरौटीमा पति रिहा भएका छन् ।
सन २०२१ मा गर्भपतनको २ र २०२२ मा १ घटना अभिलेख रहेकोमा यो वर्ष पनि २ घटना मात्र छ । आरोपित १ जना धरौटीमा र ३ जना जिम्माजमानीमा छुटेका छन् । यो अवधिमा कथित बोक्सी भन्दै अमानविय व्यवहारका ३ घटना अभिलेख छ । गत वर्ष २ घटना अभिलेख थियो । यस्तै अपहरणका १, यौन दुव्र्यवहारका १, मानव वेचविखनको १, अपमानजनक व्यवहारका २ घटना अभिलेखित छ ।
बहुविवाहको घटनामा निरन्तर बृद्धि भएको छ । सन २०२२ मा ९ र २०२३ मा १३ घटना अभिलेख भएकोमा यो वर्ष १७ घटना अभिलेख छ । आरोपितमध्ये ५ महिला र ५ पुरुषलाई कैद, ३ जना महिला र ३ जना पुरुषलाई सफाई, ३ जना पुरुष पुर्पक्षका लागि थुनामा, १ जना महिला र १ जना पुरुष धरौटीमा, ७ जना महिला र ४ जना पुरुष फरार छन् । तिलाठी कोइलाडी–२ की ३० वर्षीया सुनिता कुमारी खंगले पति ३५ वर्षीय परमेश्वर खंग र तिरहुत –२ मैनाकडेरीकी २५ वर्षीया रञ्जना खंगविरुद्ध दिएको उजुरी दर्ता भएको छैन् ।
बालविवाहको जम्मा ९ घटनामा ६ जनालाई कैद, ७ जना धरौटीमा रिहा, १ जना साधारण तारेखमा रिहा भए भने २ जनाले सफाई पाए र २ जना फरार छन् । २ ओटा बालविवाह रोकियो भने एउटामा कुनै कारवाही भएन् ।
यो अवधिमा पत्रकार, मानव अधिकार रक्षक र सामाजिक अभियानकर्मीहरुमाथि राज्य र गैरराज्य पक्षबाट कुटपिट र दुव्र्यवहारका घटनाका कारण पत्रकारहरु स्थानीय प्रशासनविरुद्ध सडकमा प्रदर्शनमा उत्रिए । पत्रकार तथा इन्सेक प्रतिनिधिमाथि जिल्ला प्रहरी कार्यालयमा भएको कुटपिटविरुद्ध प्रहरीले उजुरी दर्ता गरेन । आन्तरिक कारवाही गर्दै प्रहरीले भदौ २८ गते आरोपितलाई २ वर्ष बढुवा रोक्का गर्ने निर्णय ग¥यो । पत्रकार चन्दन यादवमाथि भएको दुव्र्यवहारमा प्रहरीले तत्कालै गल्ती स्विकार ग¥यो । पत्रकार सौरभ यादवमाथि कुटपिट गर्ने आरोपितहरुले घटनाप्रति आत्मालोचना गर्दै आगामी दिनमा घटना नदोहो¥याउने प्रतिबद्धता गरे पछि भदौ ५ गते सहमती भई मिलापत्र भयो । पत्रकार संजिब विक्रम साहमाथि डाक्नेश्वरी–५ मा भएको हातपात र अभद्र व्यवहारका आरोपितहरुलाई कात्तिक २ गते प्रहरीले नियन्त्रणमा लिएर कात्तिक ३ गते छाड्यो । रुपनी–१ का वडा अध्यक्षका प्रत्यासी उम्मेदवार तथा ‘भ्रष्टाचार र लागुपदार्थ मुक्त रूपनी गाउँपालिका’को अभियानकर्मी राजु भनिने किरणकुमार जायसवालमाथि कुटपिट, लुटपिट भएको भन्दै पीडितले रुपनी गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध दिएको उजुरी दर्ता नभएपछि उच्च अदालत जनकपुर राजविराज इजलाशबाट मङ्सिर २२ गते आरोपितहरुविरुद्ध चोरी, डाँका मुद्दा दर्ता गर्न परमादेश जारी भयो । जसपा सप्तरी अध्यक्ष केदार यादवमाथि २०७९ चैत २१ गते जिल्ला प्रहरी कार्यालयभित्र हातपात गरेका आरोपित प्रहरी निरीक्षक नविन थापा मगरलाई घटनाकै दिन मधेस प्रदेश प्रहरी कार्यालय गणमा तानियो । रुपनी कार्यपालिका सदस्यमाथि भएको अभद्र व्यवहार, ६४ वर्षीय बृद्धमाथि छोराले गरेको कुटपिट तथा ७५ र ७५ वर्षीय बृद्धसहित वडा सदस्यमाथि, छिमेकीहरुले गरेको कुटपिटका घटना समेत अभिलेख गरिएको छ ।
घरेलु हिसाका ३१ घटना नमूनाका रूपमा अभिलेख गरिएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत ४ ओटा घटना अभिलेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page