मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा बुबाको हत्या घटनाको कसुरमा छोरालाई तीन वर्ष कैद सजाय

राजविराज । सप्तरीमा बुबाको हत्या घटनाको कसुरमा छोरालाई तीन वर्ष कैद सजाय भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–७ जोगिनियाका ६० वर्षीय नुनुलाल सुरैत यादवको हत्या गरेको कसुरमा उनका छोरा २७ वर्षीय नरेशकुमार यादवलाई बिहीबार ३ वर्ष कैद सजाय भएको हो ।
जिल्ला न्यायाधीश माधव प्रसाद सुबेदीको इजलासबाट आरोपितलाई ३ वर्ष कैद सजाय गर्नुका साथै आरोपितले ३० हजार रुपियाँ जरिवाना तिर्नुपर्ने, ४५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा १ हजार २ सय रुपियाँ भर्नुपर्ने फैसला भएको छ ।
पीडितको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । शवको पोष्टमार्टम कोशी अस्पताल बिराटनगरमा भदौ १० गते भयो । भदौ ८ गते मृत्यु भएको भन्दै आरोपितका भाउजु गुनिताकुमारी यादवले जिल्ला प्रहरी कार्यालय मोरङमा भदौ ९ गते उजुरी दिएकी थिइन् ।
आरोपित ज्यान मार्ने उद्योगमा भदौ ६ गते नै गिरफ्तार भएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ १७ गते हत्याको उजुरी दर्ता भएको थियो ।
जिल्ला अदालतमा भदौ ३१ गते अभियोग पत्र दायर भएपछि न्यायाधीश नबिनकुमार जोशीको इजलाशले असोज १ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page