अर्थतन्त्र समाचार

मनकामना बहुमुखी सहकारीको १५ औं वार्षिक साधारणसभा सप्पन्न

खगेन्द्र कार्की /
फत्तेपुर, २० पुष । सप्तरीको सप्तकोसी नगरपालिकामा रहेको मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १५ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
“सहकारीको दिगोपन, स्वनियमन र सुशासन” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारणसभा संस्थाका अध्यक्ष अशोक चौधरीको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकाको फतेपुर, कञ्चनपुर, ओद्राहा,कमलपुर, पिप्रापूर्व, जगतपुर र धरमपुरलाई कार्यक्षेत्र बनाई २०५७ सालमा स्थापना भएको सहकारीमा ५ सय ५४ जना सेयर सदस्य रहेका छन् ।
साधारणसभामा संस्थाको आर्थिक वर्ष २०७९/०८० को १४ करोड २८ लाख ५३ हजार १ सय ५ रुपैया ९ पैसा बराबरको आय-ब्यय संस्थाका ब्यबस्थापक दिपककुमार खड्काले प्रस्तुत गर्नुभएको थियो।
सहकारीले किसानहरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्यबसायलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुका साथै किसानहरुलाई दुग्ध खरिद बिक्री, मलखाध, बिउबिजन,चोकर समेतको सेवा प्रदान गर्दै आएको छ। गाउँमा छरिएर रहेको पूंजीलाई संकलकको माध्यमबाट घर घरमा पुगि दैनिक बचत संकलन गरि कर्जा प्रबाह गरि सेयर सदस्यहरुलाई सेवा दिँदै आएको संस्थाका ब्यवस्थापक दिपककुमार खडकाले जानकारी दिनुभयो ।

कार्यक्रममा सप्तकोसी नगरपालिकाका निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा ,त्रियुगा सहकारी संस्थाका अध्यक्ष चन्द्रशेखर चौधरी, राष्ट्रिय सहकारी बोर्डका निवर्तमान सन्चालक समिति सदस्य शम्भु बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाका ब्यवस्थापक दिपककुमार कार्कीद्वारा संचालित कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष सरस्वती कार्कीले गर्नुभयो ।
संचालक समितिको ४ वर्षिय कार्यकाल समाप्त भएपछि नयाँ संचालक समिति चयनका लागि प्रक्रिया अगाडी बढाइएको ब्यवस्थापक खडकाले जानकारी दिनुभयो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page