धर्म संस्कृति समाचार

कञ्चनरूपमा १० क्युन्टलको माटोको दियोमा महादीप प्रज्वलन

कञ्चनरूप, ८ माघ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा  नम्बर ८ स्थित बेरियरमा श्रीरामको प्राण प्रतिष्ठाको अवसर पारेर सोमबार महादीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन गर्न माटोबाट १० क्युन्टलको दियो निर्माण गरिएको छ ।  

उक्त दियोमा चार वटा बाती राखी तेल हालि महादीप प्रज्वलन गरिएको हो ।

साथै भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको शुभ अवसरमा दिप प्रज्वलन संगै बृहत शोभा यात्रा समेत निकालिएको थियो ।

साँझ जिल्लावासीले घर घरमा दिप प्रज्वलन गरि भगवान रामको महोत्सव मनाएका छन् । 

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page