बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

राजविराज कारागारका एक कैदीको मृत्यु

कञ्चनरुप, १० माघ । राजविराज कारागारका एक कैदीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय गोरिया भनिने बिरेन्द्र कुमार मलाहाको उपचारका क्रममा बिहान १०ः५० बजे मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ ।
मानसिक सन्तुलन गुमेको र मृगौला रोगबाट पीडित मलाहाको अक्सिजन स्तर कम भएपछि गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।
मृतकका ससुरा सप्तरीको महादेवा गाउँपालिका–३ वथनाहाका तुरुन्तलाल मुखियाका अनुसार मानसिक अस्वस्थताको समस्या मलाहाको परिवारका अन्य सदस्यमा पनि रहेको जानकारी दिँदै उनलाई जेलबाट उपचारमा ल्याउने, लैजाने काम आफैले गरिरहेका थिएँ ।
सप्तरी जिल्ला अदालतको फैसला बमोजिम ज्यान मार्ने उधोग र डाँका कसुरमा मलाहा २०७७ पुस २७ गतेदेखि कारागारमा कैदी रहेको निमित्त कारागार प्रमुख कारागार प्रमुख सदानन्द दासले जानकारी दिए । उनलाई ५ वर्षका लागि कैद सजाय भएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page