कोशी प्रदेश समाचार

विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित सोनी पक्राउ

विराटनगर, १४ माघ । मोरङको विराटनगरबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १२ का २३ वर्षीय शौरभ सोनी रहेका छन् ।
शनिबार बेलुका विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोनीलाई लागूऔषध ब्राउन सुगर ०.५७ ग्राम सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका सोनीमाथि थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page