मधेस प्रदेश समाचार समाज

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका कुर्बान मियाँ पक्राउ

राजविराज । सप्तरीमा २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका एक युवा पक्राउ परेका छन ।
महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो कुर्बान मियाँलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
सप्तरी जिल्ला अदालतबाट जेठ २९ गते पक्राउ पुर्जी जारी भएकोमा खोजतलासका क्रममा फरार आरोपित गाउँघरबाटै गिरफ्तार भई अनुसन्धान थालिएको इन्स्पेक्टर प्रमोद खडकाले बताउनु भयो ।
आरोपितले ०८० जेठ ७ गते राति बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०८० जेठ १२ गते उजुरी दिनुभएको थियो ।
हनुमाननगर कंकालिनी नगरपालिका १ भारहदमा मोबाइल बनाउन दिएर घर फर्किदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित महादेवा र भारदहको बीच बेलहा पुल छेउमा आरोपितले समातेर मकै बारीमा लगी बलात्कार गरेको र रातभर राखेको पीडितले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । जिल्ला प्रहरी कार्यालयले ०८० जेठ १४ गते उजुरी दर्ता गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page