धर्म संस्कृति मधेस प्रदेश समाचार

सुनाखरी बोर्डिङ्गले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी मनायो सरस्वती पूजा

कञ्चनरुप, २ फाल्गुन । सरस्वती पूजाको अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२, दौलतपुर (रुपनगर) स्थित रहेको सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुलले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सुनाखरीले विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी विविध साँस्कृतिक कार्यक्रम आयोजना गरि सरस्वती पूजा मनाएको हो ।
विद्यालय परिसरमा सरस्वतीको मूर्तीमा विधिपूर्वक पूजा तथा प्रसाद वितरण गरिएको थियो । पूजा लगत्तै कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विनोद महतोले जानकारी दिनुभयो ।

सोही साँस्कृतिक कार्यक्रममा स्कुलका छात्र-छात्राहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
स्कुलले संचालन गरेको २०७९ सालको वार्षिक परीक्षा तथा गीत नृत्य र विभिन्न खेलकुदमा विजयी विद्यार्थीलाई कार्यक्रमका अतिथिहरुले पुरस्कार वितरण गरेको महतोले बताउनु भयो । सो कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
सोही अवसरमा विभिन्न स्थानमा नाचगानको समेत आयोजना गरिएको थियो ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यो दिनमा सरस्वतीको पूजा तथा आराधना ग¥यो भने ज्ञान, विद्या, बुद्धि बढ्ने जनविश्वास रहेको छ । विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई यही दिनदेखी अक्षराम्भ गराउने प्रचलन छ । यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको छ ।
यसैगरी आज सरस्वती पूजाको दिन सप्तरी जिल्लाका विभिन्न विद्यालयहरूले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सरस्वति पूजा मनाएका छन् ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन नाक–कान छेड्न पनि शुभ मानिन्छ । साथै आज धेरै विद्यालयले भर्ना गर्ने विद्यार्थीलाई निशुल्क भर्ना पनि गर्छन । विभिन्न रङ्ग रंगीनहरुले धेरै विद्यालयहरु सजिसजाऊ हुन्छन ।
सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।
सरस्वतीपूजाको भोलीपल्ट नजिकै रहेको नदी, ताल पोखरीमा गई मूर्ति विसर्जन गर्ने प्रचलन रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page