खेलकुद

सप्तरीको तिलाठीमा अन्तर्राष्ट्रिय स्तरिय कुस्ती प्रतियोगिता सुरू

राजविराज, ४ फागुन । सप्तरीको तिलाठीमा आज शुक्रबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरू भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका १, तिलाठीमा शहिद साकेत चन्द्र मिश्रको स्मृतिमा कुस्ती प्रतियोगिता आयोजना गरिएको हो ।
फागुन ४ गतेदेखि ६ गतेसम्म तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी कुल ४० जना पहलमानको सहभागिता रहेको छ ।
सरस्वती पूजाको समयमा तिलाठीमा हरेक वर्ष कुस्ती प्रतियोगिता हुँदै आएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page