खेलकुद मधेस प्रदेश

रुपनगर चौकमा क्यारेमबोर्ड प्रतियोगिता शुरु

कञ्चनरुप , ५ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रुपनगर चौकमा क्यारेमबोर्ड प्रतियोगिता शुरु भएको छ । रुपनगर बजार ब्यवस्थापन समितिको आयोजनामा शनिबारदेखि क्यारेमबोर्ड प्रतियोगिता शुरु भएको हो ।
उक्त प्रतियोगिताको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन गर्दै गुप्ताले खेलकुदको विकास भएमा मात्र समाजलाई रुपान्तरण गर्न सकिने बताउनु भयो । खेलकुदको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

वडा नम्बर ८ , ९ र १२ का वडा अध्यक्ष कृष्ण प्रसाद साह , रामसुन्दर यादव , देवी बहादुर खत्री , समाजसेवी भुवनेश्वर यादव लगायतका वक्ताहरुले खेलकुदको विकासमा सबैले सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।
प्रतियोगितामा ५ टिम सहभागी रहेको आयोजक समितिका शेराज खांले जानकारी दिनुभयो । बजार ब्यवस्थापन समितिको अध्यक्ष भोला यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page