कोशी प्रदेश समाचार

ईटहरीबाट खैरो हेरोईन सहित ट्याटुहाउस संचालक लिम्बु पक्राउ

सुनसरी, २२ फाल्गुन । ईटहरीबाट खैरो हेरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याटुहाउस संचालक स्थानीय २५ वर्षीय मनिष लिम्बु रहेका छन ।
ईटहरी उपमहानगरपालिका २ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो लिम्बुलाई पक्राउ गरेको हो ।
लिम्बुले संचालन गरेको ट्याटुहाउसबाट प्रहरीले १.६८ ग्राम लागुऔषध खैरो हेरोईन, नगद २ हजार ३ सय रुपैयाँ र २ थान मोवाइल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page