समाचार समाज

टिपरको ठक्करबाट रुपनगरका साहको घटना स्थलमै मृत्यु, आक्रोशित स्थानीयबासीद्वारा ४ घण्टा राजमार्ग अवरुद्ध

कञ्चनरूप , २३ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका १२ धरमपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कञ्चनरूप नगरपालिका ९ निवासी ५० बर्षिय अशोक साहको मृत्यु भएको हो । 

बुधबार दिउँसो पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्र २-०१-०० प ९६३४ नम्बरको  मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको  क १ ख ८६३ नम्बरको टिपरले ठक्कर दिँदा साहको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

ब्यापारीको मृत्यु भएको बिरोधमा स्थानीयबासी र मृतकका आफान्तहरुले ४ घण्टा रुपनगर चौकमा टायर बालेर सडक जाम गरि प्रदर्शन गरेका थिए ।  साह रुपनगर चौकका प्रतिष्ठित व्यापारी थिए ।

 ४ घण्टापछि साँझ ६ बजे चक्का जाम खुलेको छ । पीडितले उठाएको माग बमोजिम टिपर  चालकलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक अवरुद्ध खुलेको हो   ।

यता कञ्चनरुप ब्यापार संघका सचिव शशी साहले शोक सन्देश जारी गर्दै बिहीबार १२ बजेसम्म व्यापार व्यवसाय बन्द गर्न अह्वान गरेका छन् ।

   

You cannot copy content of this page