बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा मोटरसाइकलसहित एक युवकको शव पुलमुनी फेला

कञ्चनरुप, २६ फागुन । सप्तरीको कुनौली–राजविराज सडकखण्ड अन्तरगत तिलाठी कोइलाडी गाउँपालिका १ स्थित लचका पुलमुनि मोटरसाइकल सहित एक पुरुषको शव आज फेला परेको छ ।
जिल्लाको राजविराज नगरपालिका १६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा मोटरसाइकलसहित भेटिएको प्रहरीले जनाएको छ । पुलमुनि म. प्र ३०६१ नम्बरको मोटरसाइकलसहित उनको शव भेटिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डिराज न्यौपानेले बताउनुभयो ।
दुर्घटनामा परेर ज्यान गएको हुन सक्ने डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।
शनिबार बिहान नदीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म नखुलेको प्रहरीको भनाइ रहेको छ । घटना बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page