समाचार समाज

राजविराजको कृष्णा टेलर्समा आगलागी हुँदा ३० लाख बढीको क्षति

राजविराज । सप्तरीको राजविराज ८ स्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा शनिबार आगलागी भएको छ ।
रोहित कुमार साहले संचालन गरेको टेलर्समा आगलागी हुँदा ३० लाख भन्दा बढीको क्षति भएको हो ।
टेलर्स सञ्चालक साहका अनुसार आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चार वटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित ३० लाख बराबरको क्षति भएको छ ।
स्थानीयवासी, प्रहरी र राजविराजबाट आएको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।
आगलागीको कारण खुल्न नसकेको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page