कोशी प्रदेश समाचार

सुनसरीबाट बेवारिसे २७ केजी गाँजा बरामद

सुनसरी, चैत ०८ गते । सुनसरीबाट प्रहरीले २७ केजी लागुऔषध गाँजा बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका १ स्थितबाट बेवारिसे अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।
बुधबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले बाटो छेउको खोल्सामा जेब्रा झोला बेवारिसे अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त झोलाबाट २७ केजी २३० ग्राम लागुऔषध गाँजा बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाउको छ ।

   

You cannot copy content of this page