बारा, ८ चैत । जुवा मुद्दामा कैद सजाय तोकिएका एक फरार अभियुक्त बुधबार पक्राउ परेका छन् ।
बारा जिल्ला अदालत कलैयाबाट कैद र सजाय तोकिएपछि फरार रहेका बाराको कलैया उपमहानगरपालिका वडा नं १४ बघवनका ४५ वर्षीय अशोक कुमार जैशवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रहरी चौकी गंजभवानीपुर, बाराबाट खटिएको प्रहरी टोलीले जैशवाललाई पक्राउ गरेको हो । अदालतबाट आरोपित जैशवाललाई रु. २ सय रुपैयाँ जरिवानाको फैसला भएपछि उनी फरार रहेका थिए।
खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी सम्मानित बारा जिल्ला अदालत, कलैयामा दाखिला गरीएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने जानकारी दिनुभयो ।
बारामा जुवा मुद्दाका फरार प्रतिवादी पक्राउ












