समाचार

सप्तरीमा अवाञ्छित एवं कानुन विपरित होली मनाए प्रशासनले कार्वाही गर्ने

कञ्चनरुप, १० चैत्र । जिल्ला प्रशासन कार्यालय सप्तरीले फागू पूर्णिमा (होली) पर्व सभ्य र शान्तिपूर्ण ढङ्गले मनाउन अनुरोध गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले एक सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराउनु भएको छ।
जिल्ला प्रशासन कार्यालयले चाडपर्व मनाउने नाममा ओशोच बारेको तथा कसैको इच्छा बिपरित रंग लगाउने, लोला हान्ने, फोहोर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगर्न सबैमा अनुरोध गरेको छ ।
साथै प्रशासनले आउँदै गरेको रंगको पर्व होलीको उपलक्ष्यमा सप्तरी जिल्ला बासी आमा, बुवा, दाजु, भाइ तथा दिदी, वहिनी प्रति शुभकामना व्यक्त गरेको छ ।

   

You cannot copy content of this page