समाचार

एमालेका संगठित सदस्य पोखरेलको निधन, पार्टीद्वारा श्रद्धाञ्जली अर्पण 

कञ्चनरुप, १२ चैत्र । नेकपा एमालेका संगठित सदस्य अवकाश प्राप्त पशु चिकित्सक डा. गणेश प्रसाद पोखरेलको ८१ वर्षको उमेरमा निधन भएको छ ।
नेकपा एमालेका मधेस कमिटी सदस्य वसन्त मिश्र , नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरी ,नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष भवानी दाहालले संयुक्तरूपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
सोहि अवसरमा प्रदेश सदस्य मिश्रले पार्टीको इमानदार ,अनुसाशित ,समाजको अगुवा कार्यकर्ताको निधनले पार्टीलाई अपुरणिय क्षति भएको बताउनु भयो ।
शोकलाई शक्तिमा बदल्दै उहाँले देखाएको बाटोमा हिडे मात्र उहाँ प्रति सच्चा श्रद्धाञ्जली दिएको ठहरिने बताउनु भयो ।

कर्मचारी संगठनका उपाध्यक्ष दाहालले पशु चिकित्सकको रुपमा कार्यलय प्रमुखको रुपमा समेत इमानदारीका साथ काम गरि अहिले सेवा निबृत्त (अवकाश) भएर समाजलाई बदलिनु पर्छ भन्दै समाज सेवामा लाग्नु भएका डा. पोखरेलको निधनले समाजलाई मात्र नभएर रास्ट्रलाई नै ठुलो क्षति भएको बताउनुभयो ।
स्व. डा. पोखरेलको आइतबार दिउँसो २ः४५ बजेको समयमा कञ्चनरुप ९ कठमहाल स्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँका २ छोरा र १ छोरी रहेका छन् भने उहाँको पार्थिव शरीरलाई हिन्दू परम्परा अनुसार कोशिमा लगेर अन्तिम दाहसंस्कार गरिएको थियो ।

   

You cannot copy content of this page