राजनीति समाचार

मतदाताले बिश्वास गरि दिएको मतको सहि सदुपयोग गर्छु : मन्त्री लेखी

कञ्चनरुप । सप्तरी क्षेत्र नं. १ का प्रदेश सभा सदस्य तथा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले आफ्नो क्षेत्रका नागरिकहरुको कहिले शिर नझुक्ने गरि बिकासको काम गर्ने बताउनुभएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मंगलबार नेपाल पूर्व प्रहरी संगठन सप्तकोसी नगरकमिटिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री लेखिले सो कुरा बताउनु भएको हो ।
मन्त्री लेखिले भन्नुभयो मलाई यस क्षेत्रका मतदाताले बिश्वास गरि दिएको मतको सहि सदुपयोग गर्दै यस क्षेत्रमा प्राबिधिक क्याम्पस स्थापना, कोशी टप्पु वन्यजन्तु आरक्षणबाट हुने क्षति न्यूनीकरण ,शिक्षा, स्वास्थ्य, खेलकुद लगायत समग्र यो क्षेत्रको बिकासमा आफ्नो समय खर्चिने छु । प्रदेशमा भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्ने र प्रदेशका नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने प्रतिबद्धता जनाउनुभयो ।

गृह, सञ्चार तथा कानुन मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र आएका लेखिलाई नेपाल पूर्व प्रहरी संगठन सप्तकोसी नगर कमिटीले माला खादा लगाएर स्वागत तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
सप्तरी क्षेत्र न १ क बाट निर्बाचित प्रदेश सभा सदस्य लेखीले तीन वटा विषयसंग सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। मन्त्रीको स्वागत कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेलले यस क्षेत्रमा एउटा संचारको माध्यम रेडियोको आवश्यक्ता रहेकोले रेडियो स्थापनाको लागि पहल गरि दिन आग्रह गर्नुभयो ।
समाजसेवी अशोककुमार चौधरी, शम्भुबहादुर खड्काले फत्तेपुरमा रहेको प्रहरी चौकि स्तरोन्नति गरि इलाका प्रहरी कार्यलयका लागि पहल गर्न सुझाउनु भएको छ ।

मन्त्रीको स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद ढकालले कोशी टप्पु वन्यजन्तु आरक्षणबाट हुने क्षति नियन्त्रण, जग्गाको सिमान्कन, त्रियुगा नदी तथा खहरे खोला नियन्त्रण, पर्यटकिय स्थल निर्माण र सर्पदङ्स उपचार केन्द्र संचालनमा पहल गरि दिन सुझाव दिनुभयो ।
कार्यक्रममा आएको सुझावलाई सम्बोधन गर्दै मन्त्री लेखीले सूचनाको हकको पहुँच सर्वसाधारण सम्म पुर्‍याउने, भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्न आवश्यक नीति बनाउने र गृह प्रशासनलाई प्रभावकारी बनाउन र सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण तथा प्रदेशबासीलाई सुरक्षाको प्रत्याभूति कसरी मिलाउने विषयमा विज्ञहरुले दिएको सुझाव तथा सल्लाह बमोजिम योजना बनाउने मन्त्री लेखीले बताउनुभयो ।
नेपाल पूर्व प्रहरी संगठनका सप्तकोसी नगर अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल ,निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा ,वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल, सामुदायिक वन महासंघ सप्तरीका अध्यक्ष अशोककुमार चौधरी, समाजसेवी शम्भुबहादुर खडका लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

   

You cannot copy content of this page