कोशी प्रदेश समाचार समाज

झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते

झापा, १५ चैत । झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाईते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ की ६० वर्षीया पवित्रा भेटवाल रहेकी छन् ।
बुधबार बेलुका ६ बजे रतुवामाई वृक्षारोपण आयोजनाको वनमा घाँस दाउरा गर्न गएका पवित्रा भेटवाल र उनका श्रीमान् ६२ वर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार पार्दा पवित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको थियो ।
घाईते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page