कोशी प्रदेश समाचार समाज

तेह्रथुममा धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तेह्रथुम, २० चैत्र । तेह्रथुममा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा तेह्रथुमको म्याङ्लुङ नगरपालिका ६ का ४६ वर्षीय दिपक लिम्वु पक्राउ परेका छन् । उनले आफ्नै ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्वुको हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ पौने ७ बजे दिपकले घरायसी वाद विवादको क्रममा श्रीमती सुवास कुमारीलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।
श्रीमतीको हत्या गर्ने दिपकलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहाल सहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अन्य थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page