अर्थतन्त्र समाचार

सप्तकोसीमा ६७ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

कञ्चनरुप, २० चैत्र । सप्तरीको सप्तकोसी नगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
“सहकारीमा सुशासन ,प्रबिधि र एकीकरण”भन्ने मुल नाराका साथ सहकारी समन्वय समिति सप्तकोसी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रभातफेरि गरि नगर परिक्रमा गरि सभामा परिणत भएको थियो।
र्‍यालीमा विभिन्न सहकारीकर्मीहरुले आ–आफ्नो सहकारीको पहचिान झल्कने पोसाकमा विभिन्न झाकी सहितको बाजा गाजा समेत प्रस्तुत गरेका थिए ।
सहकारी समन्वय समिति सप्तकोसीका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सभामा बोल्दै नगर प्रमुख ढकालले सहकारी व्यवसायको संरक्षणमा र प्रबर्द्धनमा नगर सरकार गम्भीर रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै बिपन्न महिला उत्थान कृषि सहकारीकि अध्यक्ष नरदेवी कार्कीले देशको अर्थतन्त्रलाई उकास्न सहयोग पुयाउने सहकारी व्यवासायको संरक्षण र प्रबर्द्धनमा देशको तिनै तहको सरकार गम्भीर हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बोर्डका निवर्तमान सदस्य शम्भुबहादुर खड्काले सहकारी संस्थामाथी भईरहेको चौतर्फी आक्रमण देशका लागि शुभसंकेत नभएको र सहकारीको माध्यमले देशमा व्यप्त अभाव र बेरोजगारी समस्या न्यूनीकरणमा ठुलो योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा, सप्तकोसी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल ,मनकामना बहुमुखी सहकारी संस्थाका अध्यक्ष अशोककुमार चौधरी, फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पारस दाहाल, विपन्न महिला उत्थान कृषि सहकारी संस्थाकी अध्यक्ष नरदेवी कार्की लगायतले शुभकामना मन्तव्य राखेको आयोजक समितिका संयोजक दिपककुमार खड्काले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page