मधेस प्रदेश समाचार

बाराबाट लागूऔषध सहित दुई जना युवक पक्राउ

बारा, २१ चैत्र । बाराबाट लागूऔषध सहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुर जिल्लाको, हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष २४ को सुभ राज मोक्तान र हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २२ को निरज गोले रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुर सिमरा उप महानगरपालिका वडा नं२१ अमलेखगंज स्थित वीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरको मोटरसाइकल शंकास्पद लागि रोकी चेक जाँच गर्दा पेट्रोल ट्र्याकि भित्र लुकाई छिपाई राखेको लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट वानरेक्स सिरप १०० एमएलको ३९ बोतल र लौटस बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत, कलैयाबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page