मधेस प्रदेश राजनीति

मधेश प्रदेशमा ध्वनी प्रदूषण रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन

राजविराज, २० चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले मधेश प्रदेशमा ध्वनी प्रदूषण रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
प्रदेश सुरक्षा समन्वय समितीको मंगलबार जनकपुरधाममा बसेको बैठकमा ध्वनी प्रदूषणले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको भन्दै मन्त्री लेखीले सुरक्षा निकायहरुलाई निर्देशन दिनुभएको हो ।
मधेश प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदूषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थालेपछि त्यसलाई नियन्त्रण गर्न मन्त्री लेखी निर्देशन दिनुभयो ।
बैठकले ध्वनी प्रदूषणले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षवाट समन्वय र सहयोगको अपेक्षा समेत गरेको छ ।
प्रदेश सुरक्षा समन्वय समितिका अध्यक्ष समेत रहनु भएका मन्त्री लेखीले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदूषण नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन दिनु भएको हो ।

बैठकमा जनताले गरेका गुनासाहरु सुनाँउदै मन्त्री लेखीले ध्वनी प्रदूषणका कारण हृदयका रोगीहरुलाई विभिन्न खालका समस्या हुनुको साथ साथै एसइईका विद्यार्थीहरुलाई पठन पाठनमा समेत समस्या भइरहेकोले नियन्त्रणका लागि आवश्यक कदम लिनका लागि मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिनु भयो ।
बैठकबाट ध्वनी प्रदूषण रोकनका लागि प्रदेश भरीका जिल्ला प्रशासन कार्यालय ,चारवटै सुरक्षा निकाय र प्रदेश भरीका स्थानीयतहलाई पत्रपठाउने निर्णय सहित पत्र पठाइएको गृह, सञ्चार तथा कानून मन्त्री लेखीले बताउनु भयो । मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानून अनुसारको कारवाही प्रक्रिया अगाडी बढाइने समेत बताउनुभयो ।
गृह,सञ्चार तथा कानून मन्त्रालय समालेको केही दिनमै एक पछि अर्को गरी जन गुनासालाई सम्बोधन गर्न थालिएपछि मन्त्री लेखीले केही गर्ला भन्ने मधेशको जनतामा आशा पलाएको छ ।
मन्त्री लेखीले पदभार ग्रहण गरेकै दिन मन्त्रालयले गर्ने कामकाजको पारदर्शीताका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गर्नु भएको थियो । यता मधेश प्रदेश सरकारको यस प्रकारको निर्णयलाई विभिन्न पक्षवाट स्वागत गरिएको छ ।

   

You cannot copy content of this page