अर्थतन्त्र समाचार

त्रियुगा सहकारीले स्थापना दिवश तथा स्वर्ण जयन्ती विभिन्न कार्यक्रम गरि मनाउने

फत्तेपुर, २२ चैत्र । सप्तरी जिल्लाकै पुरानो सहकारी संस्थाहरु मध्येको एक त्रियुगा बहुमुखी सहकारी संस्था फत्तेपुरले आफ्नो स्थापना दिवश विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा रहेको त्रियुगा बहुमुखी सहकारी संस्थाले आफ्नो ५० औं वर्ष पुरा भएको अवसरमा ५० औं वार्षिक उत्सव तथा स्वर्ण जयन्ती यही चैत्र २८ गते विभिन्न खेलकुद कार्यक्रम गरि मनाउने भएको हो ।
२०२९ सालमा साझा संस्थाको रुपमा संस्थापक अध्यक्ष गोबिन्द बहादुर बस्नेत लगायत ५ जना सेयर सदस्यबाट धरमभकारिको रुपमा मुठि अन्न तथा प्रतिसेयर १० रुपैयाँका दरले जम्मा गरि शुरु गरिएको संस्था जिल्लामा खोलिएका २५ साझा संस्था मध्ये एक मात्र जिवित संस्था त्रियुगा हो ।
त्रियुगा साझाको संस्थाको रुपमा शुरु गरिएको संस्था २०४८ मा सहकारी ऐन लागु भएपछि त्रियुगा बहुमुखी सहकारीको रुप सन्चालन हुँदै आएको संस्थाले आफ्नो स्थापनाको ५० औं वर्ष पुरा गरि ५१ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता लगायत विभिन्न कार्यक्रम गर्दै आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउन लागेको हो।
त्रियुगा सहकारीले स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको नगरभरिका सहकारी कर्मचारी र सरकारी कर्मचारी बिचको फुटबल प्रतियोगिता चैत्र २० गते ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा खेलाएको छ ।
प्रतियोगितामा सरकारी कर्मचारीलाई ४,२ को गोलान्तरले हराउँदै सहकारी कर्मचारीको टिम बिजयि भएको छ । सहकारी कर्मचारीको तर्फबाट फत्तेपुर बहुउद्देश्यीय सहकारीका कर्मचारी किरण भट्टराई ,रक्तमाला सहकारीकाका ब्यबस्थापक बिकास घिमिरे,त्रियुगा बहुमुखी सहकारीका कर्मचारी आशिष लामिछाने र सानाकिसान सहकारीका कर्मचारी रमानन्द मन्डलले एक एक गोल गरेर टिमलाई बिजयि बनाएका थिए भने सरकारी कर्मचारीको तर्फबाट अमित चौधरी र शिशिर खतिवडाले एक एक गोल गरेर उपबिजेतामा मात्र चित्त बुझाएको छ।
स्वर्ण जयन्तीको अवसरमा २२ गते आयोजना गरिएको सप्तकोसी नगर स्तरीय अन्तर सामुदायिक विद्यालय वक्तित्वकला प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरकी छात्रा आशिका बिक प्रथम, जनता माध्यमिक विद्यालय भगनिकी बिनिता खडका दोस्रो र नन्द उच्च माध्यमिक विद्यालय ओद्राहाकी छात्रा सिद्ध कुमारी झा तेस्रो भएको त्रियुगा बहुमुखी सहकारी संस्थाका सहायक ब्यबस्थापक कर्ण प्रसाद भट्टराईले जानकारी दिए।
यसैगरी चैत्र २३ सप्तकोसी नगर स्तरीय अन्तर सामुदायिक र सस्थागत विद्यालय बिच हाजिरीजवाफ प्रतियोगिता, चैत्र २४ गते सप्तकोसी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरि चैत्र २८ गते रक्तदान कार्यक्रम, ८० वर्ष माथिका जेष्ठ सेयर सदस्यलाई सम्मान लगायत विभिन्न जनजातिका झाकि सहित शुभकामना आदानप्रदान गरि स्वर्ण जयन्ती मनाइने संस्थाका अध्यक्ष चन्द्रशेखर चौधरीले जानकारी दिए।
सोही अवसर आयोजित विभिन्न खेलकुद प्रतियोगिताका बिजेता टिमहरुलाई ट्रफि,मेडल र प्रमाणपत्र लगायतका पुरस्कार वितरण गरिने संस्थाका अध्यक्ष चौधरीले बताए ।

   

You cannot copy content of this page