कोशी प्रदेश समाचार

कन्टेनरले मोटरसाईकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

विराटनगर, २३ चैत्र । मोरङको विराटनगरमा कन्टेनरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षिया अमिरका कुमारी कुर्मी रहेकी छन् ।
विराटनगर महा-नगरपालिका ९ स्थित कोशी लोकमार्गमा बिहीबार दिउँसो २ बजे एच.आर. ३८ वाइ ५४९० नम्बरको कन्टेनर गाडीले को १५ प ७६२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडि सवार अमिरका घाईते भएकी थिइन् ।
घाईते कुर्मीको थप उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घाईते मोटरसाईकल चालक विराटनगर १४ का २१ वर्षिय अनुराग रायको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने सवारी साधन र चालक भारत बिहार मोतिहारीका सुबोध पाण्डेलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

   

You cannot copy content of this page