समाचार

रास्ट्रिय झण्डा रास्ट्रको पहिचान रहेकोले यसको संरक्षण गर्नु सबैको दायित्व हो :मन्त्री लेखी

कञ्चनरुप, १ बैशाख । रास्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटीले शनिबार नयाँ बर्षको उपलक्ष्यमा रुपनगर चोकमा रहेको च्यातिएको रास्ट्रिय झण्डा फेरेको छ भने शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै मधेस प्रदेशका गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीले रास्ट्रिय झण्डा रास्ट्रको पहिचान रहेकोले यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

नयाँ वर्ष सबैको लागि फलदायी रहोस भन्दै यस वर्ष सुशासन कायम गर्न र बिकास निर्माणले तिब्रता पाओस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त मिश्र , नेकपा एमाले कञ्चनरुप नगर कमिटीका अध्यक्ष बच्चुलाल चौधरी लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
युवा संघका नगर कमिटी अध्यक्ष जैनुद्दिन मियाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

You cannot copy content of this page