समाचार

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अधिवेशन बैशाख १६ गते हुने

कञ्चनरुप, ४ बैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अधिवेशन यही बैशाख १६ गते हुने भएको छ । महासंघ सप्तरीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
केन्द्रिय परिपत्र अनुसार आगामी बैशाख १६ गते अधिवेशन गर्ने निर्णय भएको महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अधिवेशनको स्थान भने पछि सूचना मार्फत जानकारी गराउने महासंघ शाखा सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
अधिवेशनमा केन्द्रिय सर्कुलर बमोजिम २०७९ सालसम्म सदस्यता नविकरण गराएका शाखा सप्तरी आवद्ध सदस्यहरुलाई सहभागीताको लागि सोही प्रेस विज्ञप्ति मार्फत आव्हान समेत गरिएको छ ।

   

You cannot copy content of this page