मधेस प्रदेश राजनीति

मधेसका मुख्यमन्त्री यादवले पाए चौथोपटक विश्वासको मत

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मधेश सरकारबाट निकालिएका नेपाली काँग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासका मत लिनुभएको हो ।
मुख्यमन्त्री यादवको पक्षमा ६१ र विपक्षमा ० मत परेको थियो। मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टीसँगै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए।
सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता यादवले १५ महिनाको अन्तरालमा चौथो पटक विश्वासको मत लिनुभएको हो ।
१०७ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन् ।
मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

   

You cannot copy content of this page