मधेस प्रदेश समाचार समाज

सप्तरीको विष्णुपुरमा कुखुरा फार्ममा आगलागी हुँदा ११ लाख बढीको क्षति

राजविराज, ५ वैशाख । सप्तरीको विष्णुपुर गाउँपालिका स्थित एक कुखुरा फार्ममा आगलागी हुँदा ११ लाख बढीको क्षति भएको छ ।
विष्णुपुर गाउँपालिका ६ बैरगमाका सूर्य नारायण साहले संचालन गरेको राजिव पोल्टी फार्ममा मंगलबार राती आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको हो ।
मध्यरातको समयमा आगलागी हुँदा फर्ममा रहेको कुखुरा, कुखुराको आहार, विभिन्न विधुतीय सामाग्री तथा फर्ममा प्रयोग हुने विभिन्न उपकरण र २ वटा घर समेत जलेर पुर्ण रुपले नष्ट भएको पीडितले बताएका छन् ।
फार्म संचालक साहका अनुसार आगलागीमा परि २ किलो बराबरको वजन भएको ५ सय कुखुरा, ७ सय चल्ला, विधुतिय मोटर, कृषि मिटर, २ क्वाइल तार, २० बोरा दाना, २ वटा घर र फार्ममा प्रयोग हुने विभिन्न सामग्री जल्दा ११ लाख बराबरको क्षति भएको छ ।
आगो राजविराजबाट आएको बारुणयन्त्रको सहयोगमा स्थानीयबासी, प्रहरीले झण्डै चारघण्टा पछि नियन्त्रणमा लिएका थिए ।
कसरी आगलागी भएको कुरा खुल्न नसकेको तथा घटना बारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाको छ ।

   

You cannot copy content of this page