समाचार समाज

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नुमबहादुरलाई १८ वर्ष कैद सजाय

अर्घाखाँची । अर्घाखाँचीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक पुरुषलाई १८ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालतले भूमिकास्थान नगरपालिका ६ का ५९ वर्षीय नुमबहादुर पुन मगरलाई १८ वर्ष कैद सजाय भएको हो ।
जिल्ला अदालतका न्यायाधीश कृष्ण जङ्ग शाहको शुक्रबारको इजलासले कैद सजायको साथै ७ लाख रुपियाँ जरिबाना र २ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेको छ ।
पीडितलाई पुन मगरले ०७९ कात्तिक ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पुन मगर सोही दिन गिरफ्तार भएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ८ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।
जिल्ला अदालतको कात्तिक २९ गतेको इजलासले पुन मगरलाई पुर्पक्षका लागि थुनामा पठएको थियो ।

   

You cannot copy content of this page