मधेस प्रदेश समाचार समाज

कञ्चनरुपको पडेमारामा २४ घर जलेर खरानी हुँदा लाखौको क्षति

कञ्चनरुप, ०९ बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमारा स्थित सरदार टोलमा आइतबार दिउँसो भीषण आगलागी हुँदा लाखौको क्षति भएको छ । आगलागी ११ परिवारको २४ घर डढेर खरानी भएको हो ।
प्रहरीका अनुसार ११ परिवारको २४ घर जल्दा घरमा रहेको अन्नपात लत्ता कपडा जलेर खरानी हुँदा लाखौको क्षति भएको छ। स्थानिय लाल मोहन सरदारको गोठको चुलोमा बालेको आगोबाट अचानक आगोलागी हुँदा ११ परिवारको २४ घर जलेर नस्ट भएको हो ।

आगलागीबाट कुनै मानविय क्षती नभएको र १२ जनाको २४ वटा घर टहरा, १ वटा बाख्रा, १ वटा बाख्राको पाठो जली पुर्ण रुपमा क्षती हुँदा रु २५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
आगोलाई राजबिराज नगरपापालिका, मधेश प्रदेश तालिम केन्द्र राजबिराज, हनुमानगर कंकालिनी नगरपालिका र कञ्चनरुपनरुप नगरपापालिकाको दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा साढे ४ बजे नियन्त्रणमा लिएको थियो ।

   

You cannot copy content of this page