मधेस प्रदेश समाचार समाज

अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लवद्वारा सहयोग

कञ्चनरुप, १८ बैशाख । आगलागिबाट बिच्चलीमा रहेका सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लव सप्तरीले सहयोग गरेको छ ।
आगलागीबाट बिच्चलीमा परेका चनर पासवान र प्रमिला पासवानका दुई परिवारलाई संस्थाको अध्यक्ष समाजसेवी, ईन्जिनियर सूर्य नारायण यादवले मंगलबार सहयोग गर्नुभएको हो ।

यादवले त्रिपाल, लुगाफाटो, भाँडाकुँडा, म्याट्रेस, बाल्टिन, मग लगायतका सामाग्रीहरू सहयोग स्वरुप प्रदान गर्नुभयो ।
राहत वितरण कार्यक्रममा प्रहरी चौकी वीरपुर लोखरमका प्रहरी हवलदार उद्धव राउत कुर्सी, प्रहरी जवान अर्जुन कुमार यादव, छिन्नमस्ता गाउँपालिका स्वास्थ्य शाखा हेल्थ असिस्टेंट राजा बाबू मेहता, असर्फी पासवान लगायतका उपस्थित रहेको थियो ।
२०८० बैशाख १२ गते आगलागी हुँदा उनीहरुको ४ लाख भन्दा बढीको क्षति भएको थियो ।

   

You cannot copy content of this page