अर्थतन्त्र

डिजेल र मट्टितेलको मूल्य घट्यो

सप्तरी । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । निगमले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
त्यस्तै आन्तरिक हवाइ इन्धन एक रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धन सात डलर प्रतिलिटरले वृद्धि गरेको छ ।
मुल्य घटेपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टितेल समान १ सय ५९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिक हवाइ इन्धन एक सय ३६ रुपैयाँ र बाह्य हवाइ इन्धन १.०३५ डलर प्रतिलिटर पुगेको छ ।
निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

   

You cannot copy content of this page