मधेस प्रदेश समाचार समाज

सप्तरीको चिम्टी टोलमा भीषण आगलागी, दुई सयबढी घर जल्दा करोडौंको क्षति

कञ्चनरुप, १८ वैशाख । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ०१ स्थित चिमटी टोलमा भिषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ ।
मंगलबार दिउँसो २ बजे तीव्र गतिमा हावा चलेको समयमा आगलागी हुँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको स्थानीयले जनाएका छन् ।
यादव, मुसहर र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कसी आगलागी हुँदा अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडा अध्यक्ष जयकिशोर दासले जानकारी दिनुभयो ।

राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिानी नगरपालिकाबाट आएको बारूण यन्त्रकाको सहयोगमा प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन् ।
आगलागीको क्षति बारे विवरण संकलन भईरहेकोले कतिसम्म क्षति भएको भन्ने सम्बन्धमा अझै एकिन नभएको प्रहरीले जनाएको छ । आगलागीमा १ करोडभन्दा बढी क्षती भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

   

You cannot copy content of this page