मधेस प्रदेश समाचार समाज

सप्तरीबाट ठूलो मात्रामा लागुऔषध सहित ५ जना पक्राउ

कञ्चनरुप । सप्तरी प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनि १४ बस्ने ३५ वर्षका बिनोद कुमार यादव, तिलाठी कोईलाडी २ लौनिया बस्ने २६ वर्षका मो. नसुरुदि मन्सुरी, १९ वर्षका कुन्दन कुमार मण्डल, २५ वर्षका मो. सम्साद मन्सुरी र २२ वर्षका मिथलेश कुमार राम रहेका छन् ।
राजबिराज ४ छिन्नमस्ता अस्पताल अगाडीबाट लागु औषध नियन्त्रण व्यूरो मधेश प्रदेश तथा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।
उनीहरुका साथबाट प्रहरीले लागुऔषध डाइजेपाम ५०० एम्पुल, लिजेसिल ५०० एम्पुल र फेनारगन ५०० एम्पुल बरामद गर्नुका साथै स २ प ८६८२, म प्र ०६–००१ प ०५०८ र प्र २–०१–००३ प ४४१७ नं को ३ वटा मोटरसाइकल समेत नियन्त्रण लिएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।
सम्मानित सप्तरी जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान कार्य भईरहेको छ ।

   

You cannot copy content of this page