समाचार

मन्त्री लेखीद्वारा नेपाल—भारत सिमा नाकाहरुको अनुगमन तथा निरिक्षण

सप्तरी, २७ बैशाख । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विहिवार विभिन्न भन्सार तथा नेपाल—भारत सिमा नाकाहरुको स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।
तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरुको साथमा मन्त्रालयबाट निस्कनुभएका मन्त्री लेखी नेतृत्वको टोलीले महोत्तरीको जलेश्वर भिठ्ठामोड स्थित भन्सार विओपी र सम्सी लगायतको सिमा नाकाहरुको अनुगमन गर्नुभएको हो ।

अनुगमन पछि मन्त्री लेखीले सिमामा हुने चोरी र अपराधका घटनाहरु, लागूपर्दाथ ओसार पसार तथा शान्ति सुरक्षाको अवस्था र सिमानाकामा भइरहेको आवागमन तथा राजश्व संकलन सहितका विभिन्न विषयहरुमा बुझनका लागि सुरक्षा निकायका प्रमुख सहित अनुगमन गरिएको बताउनुभयो । सीमानाकामा पुगी मन्त्री लेखीले त्यँहाको अवस्था चुनौती र समस्याको बारेमा सिमानाकामा रहेका सुरक्षाकर्मीहरुसंग छलफल गर्नुभयो ।

८५ प्रतिशत भन्दा बढि राजश्व संकलन भइरहेको जानकारी आफूले पाएको बताउँदै मन्त्री लेखीले शान्ति सुरक्षा सामान्य रहेको पाइएको बताउनुभयो । रातीराती लुकिछिपी चोरी पैठारी, निकासा र लागू पदार्थ दुव्र्यसनका घटनाहरु भइरहेको पाइएकाले सिमानाकामा रहेका सिसिटिभीहरुको बारेमा बुभmनुका साँथै बन्द रहेकालाई मर्मत गरि सुचारु गर्न निर्देशन दिनुभयो ।
अनुगमन टोलीमा नेपाल प्रहरी, शस्त्र प्रहरी बल, अनुसन्धान विभागका डिआईजी सहित महोत्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको समेत सहभागिता रहेको थियो ।

   

You cannot copy content of this page