समाचार समाज

सुरक्षा गार्डको खुकुरी प्रहार गरि हत्या गरेको खुलाशा

खगेन्द्र कार्की /
फत्तेपुर, २७ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल वैंक लिमिटेडका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरि हत्या गरेको रहस्य खुलेको छ ।  
नेपाल बैंकको फत्तेपुर शाखाको सुरक्षा गार्डमा खटिएका सप्तकोशी नगरपालिका वडा न २ घर भएका ५६ वर्षीय पर्शुराम फुयाँललाई बिहिवार विहानको राति ३ देखि ४ बजेको समयमा धारिलो हतियार खुकुरी प्रयोग गरि हत्या गरिएको हुन सक्ने बैंकमा रहेको सिसिटिभि फुटेजले देखाएको प्रहरी चौकी फत्तेपुरका प्रमुख अरुणकुमार यादबले जानकारी दिए ।
बिहिवार बिहान अबेरसम्म सुरक्षा गार्डले बैंकको ढोका नखोले पछि प्रहरीलाइ खबर गरि प्रहरी आएर बैंकको पछाडि पट्टी रहेको फलामको चेन गेटमा रहेको ताला फुटाएर हेर्दा सुरक्षा गार्ड फुयाँल बैंकको गार्ड रुममा मृत अबस्थामा फेला परेका थिए।
उच्च रक्तचापका कारण मृत्यु भएको आशंका गरिएका फुयाँलको बैंकमा रहेको सिसिटिभि फुटेज हेर्दा बैंक लुट्न आएका लुटेराले खुकुरी प्रहार गरि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
बैंकमा रहेको सिसिटिभि फुटेज हेर्दा रातको १२ बजेर ३७ मिनेट जादा हातमा नाङ्गो खुकुरी सहित झोला बोकेको एक जना नकाबधारि मान्छे बैंकमा देखिएको र बैंकको क्यास काउन्टर लगायत विभिन्न भागमा खानतलासी गर्दै बैंकमा भएको पैसा निकाल्ने प्रयास गरेको देखिन्छ ।
बैंकमा पैसा राखेको भल्ढ फोर्न नसके पछि बैंकमा भौतारि राखेको लुटेराले सुरक्षा गार्ड माथि आक्रमण गरेको र गार्डले प्रतिकार गर्दा गर्दै लुटेराको खुकुरी प्रहार गरि गार्डको हत्या गरेर बिहान ४ बजेर १८ मिनेटमा लुटेर बैंकबाट निस्किएको सिसिटिभि फुटेजले देखाएको मृतकका छिमेकि मानप्रसाद लुइँटेलले बताए।
बिगत आठ वर्षदेखि नेपाला वैंकमा सुरक्षा गार्ड गर्दै आएका फुयाँलको शवको वरिपरी र बैंक भित्र रगतका टाटा र रगत लागेको खुट्टाको पाइला देखिएका कारण फुयाँलको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
सुरक्षा गार्ड फुयाँलको कस्ले हत्या गर्यो भन्ने बिषयमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार सीसीटीभी फुटेज र शवको वरीपरी रगतका टाटा देखिएकाले हत्या भएको शंका देखिएकोले घट्ना बारे थप अनुशन्धान सुरु गरिएको बताए ।
धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरि शव पोस्टमार्टमको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान अस्पताल लगिएको फत्तेपुर प्रहरी चौकिका प्रहरी हवल्दार बुद्ध खडकाले जानकारी दिए ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page