विराटनगर, २८ बैशाख । मोरङको रङगेली नगरपालिका-९ दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनवर्सी नगरपालिका-५ टकुवाकी ४० बर्षीया कुरेसा खातुन रहेकी छन् ।
बिहिवार दिउँसो उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले खातुनलाई ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट सहित पक्राउ गरेको हो ।
पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)