समाचार

स्थानीय तहमा कानुन न्याय सम्पादन गर्ने निकाय निष्पक्ष हुनुपर्छ : मन्त्री लेखी

कञ्चनरुप । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले स्थानीय तहमा कानुन न्याय सम्पादन गर्ने निकाय निष्पक्ष हुनु पर्ने बताउनु भएको छ ।
शनिबार मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले सप्तरीको अग्निसार कृष्णसवरण गाउँपालिकाको महुलीमा आयोजना गरेको स्थानीय निकायमा हुने कानुन निर्माण प्रक्रियामा सहजीकरण अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले सो कुरा बताउनु भएको हो ।
मन्त्री लेखीले स्थानीय तहमा कानुन न्याय सम्पादन गर्ने निकाय निष्पक्ष र जिम्मेवार बन्नु पर्ने र कानुन नागरिकको पहुँचमा पुग्नुपर्नेमा जोड दिनुभयो । हाम्रो संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन रहेको छ, यसले संघीयता कार्यान्वयनमा थप जटिलता थपिएको उहाँले बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण जिल्ला सरकारी वकिल कार्यलयका जिल्ला न्यायाधिबक्ता गोकुल बहादुर निरौलाले न्यायमा पहुँच बढाउन जरुरी रहेको बताउँदै न्याय सम्पादनमा लाग्नु पर्ने जानकारी गराउँदै विवादको किनारा गर्दा सम्भब भए सम्म मेलमिलाप प्रक्रियाबाट गर्ने दुबै पक्षको मेलमिलापमा सहमति नभए मात्र अदालतमा पठाउनु पर्ने जानकारी गराउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा कानुन निर्माण प्रक्रियाको विषयमा भूमि ब्याबस्था,कृषि तथा सहकारी मन्त्रालयकि कानुन अधिकृत भावना वर्णवालले जानकारी गराउनुभएको थियो भने राजपत्र सम्पादन प्रक्रियाको बिषयमा गृह संचार तथा कानुन मन्त्रालयकी शान्ता चौधरीले जानकारी गराउनुभयो।

कार्यक्रममा सप्तरी जिल्लाका बिभिन पालिकाका प्रमुख, न्यायिक समिती संयोजक उपप्रमुख, न्यायिक समिति सदस्य, नगरपालिका, गाउँपालिका प्रशासन अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो।
मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको अध्यक्षतामा भएको कार्यक्रम गृह संचार तथा कानुन मन्त्रालयका कानुन अधिकृत सन्दीपकुमार सिंहले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।

   

You cannot copy content of this page